बागमती प्रदेशले स्वास्थ्यकर्मीको तह बृद्धिको प्रक्रिया अघि बढायो

काठमाडौँ, १५ बैशाख । बागमती प्रदेश सरकारले प्रदेश अन्तरगत रहेका स्वास्थ्यकर्मीहरुको तहबृद्धि गर्ने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले प्रदेश निजामती अध्यादेश २०७८ मा भएको व्यवस्था बमोजिम तहबृद्धिको प्रक्रिया अघि बढाएको बताएको छ ।

यसअघि प्रदेशको स्वास्थ्य मन्त्रालयले तह बृद्धि गर्ने प्रक्रिया अघि बढाउने सम्वन्धमा बुधबार सचिवस्तरीय निर्णय गरिसकेको थियो ।

मन्त्रालयले आज सूचना जारी गर्दै तह बृद्धिका योग्यता र सेवा अवधि पुगेका कर्मचारी (स्वास्थ्यकर्मी)ले पाँच दिन भित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न भनेको छ ।

तह बृद्धिका लागि के के चाहिन्छ ?

  • तह बृद्धि हुने पद भन्दा एक तह मुनिको पदमा पाँच वर्ष सेवा अवधी पुगेको खुल्ने कागजात
  • तह बृद्धिको लागि अध्यादेशमा तोकिए बमोजिमको शैक्षिक योग्यता हासिल गरेको प्रमाणपत्रको प्रतिलिपि
  • पछिल्लो पाँच वर्षको कार्य सम्पादन मुल्यांकनमा औषत ९५ प्रतिशत अंक प्राप्त गरेको कासमु फारम

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *