नेपाल फर्मा एक्स्पो – २०२२ कस्तो रह्यो पहिलो दिन ? (फोटो फिचर)

चितवन, १० बैशाख । औषधि तथा औषधिजन्य सामग्रीहरुको विशेष प्रदर्शनी नेपाल फर्मा एक्स्पो २०२२ शुक्रबारबाट चितवनमा सुरु भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन)को आयोजनामा भएको प्रदर्शनीको उद्घाटन शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।

‘खासगरी औषधि क्षेत्रमा भएका नविनतम प्रविधिको विकासका बारेमा जानकारी दिने उदेश्य हो । त्यसमा औषधि क्षेत्रको प्रवर्द्धनको कुरा त साथमै जोडिएर आउँछ । हरेक दुई दुई वर्षमा गर्ने यो खालको प्रदर्शनी बीचमा कोभिड १९ को महामारीका कारण रोकिएको थियो,’ एपोनका उपाध्यक्ष एवं एक्स्पोका मिडिया संयोजक सन्तोस बरालले भने ।

उनका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका गरी १६० वटा स्टल रहेका छन् ।

हेरौँ उदघाटन पछि एक्स्पोको पहिलो दिनको केही तस्बिरहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *