पछिल्लो चौविस घण्टामा थप १३ जनामा कोरोना संक्रमण
काठमाडौँ, ७ बैशाख । पछिल्लो २४ घन्टामा देशमा थप १३ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना पीसीआर, ४ एन्टीजेन गरी कुल १३ जनामा पोजेटिभ देखिएको हो ।
बुधबार २५ जना संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३१८ जना सक्रिय संक्रमित छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



