पछिल्लो चौविस घण्टामा थप १३ जनामा कोरोना संक्रमण

काठमाडौँ, ७ बैशाख । पछिल्लो २४ घन्टामा देशमा थप १३ जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५२८ जनाको पीसीआर र एक हजार ३ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना पीसीआर, ४ एन्टीजेन गरी कुल १३ जनामा पोजेटिभ देखिएको हो ।

बुधबार २५ जना संक्रमित निको भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ। देशभर ३१८ जना सक्रिय संक्रमित छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *