‘नेपाल फर्मा एक्स्पो – २०२२’ को तयारी अन्तिम चरणमा

फाइल फोटो

काठमाडौँ, ७ बैशाख । औषधि तथा औषधिजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ को तयारी अन्तिम चरणमा पुगेको छ । एक्स्पोको आयोजक संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले केही फुटकर काम बाहेक सबै काम सकिएको बताएको छ ।

फर्मा एक्स्पो आगामी ९ देखि ११ बैशाखसम्म चितवन एक्स्पो सेन्टर, भरतपुर, चितवनमा  हुँदैछ । एक्स्पोको उदघाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आगामी ९ बैशाखमा चितवन जाँदैछिन् ।

‘ फर्मा  एक्स्पोको लागि आवश्यक तयारी लगभग पुरा भयो भन्दा हुन्छ । केही बाँकी रहेका साना फुटकर कामहरु एक दुई दिनमा सकिन्छ,’ एपोनका उपाध्यक्ष एवं फर्मा एक्स्पो २०२२ का मिडिया संयोजक सन्तोष बरालले भने ।

‘एक्स्पोको उदघाटन गर्न महामहिम राष्ट्रपति ज्यू जानु हुनेछ । एक्स्पो ९ गते दिउसो १ बजे राष्ट्रपतिबाट औपचारिक उदघाटन हुनेछ । एक्स्पोका लागि १६० वटा स्टल प्याक भइसकेको छ । एक्स्पोमा नेपाल सहित भारत बंगलादेश, चीन लगायतका देशहरुका औषधि र औषधिजन्य सामग्री तथा उपकरण उत्पादन गर्ने उत्पादकहरु आउनेछन्,’ बरालले भने ।

उनका अनुसार एक्स्पोको प्रचारप्रसारका लागि एमआरहरुको तालीम सकिईसकेको छ । ८ बैशाखका दिन म्यानेजर र फर्मासिस्टहरुको सेमिनार र ९ गते विहान र बेलुका चिकित्सकहरुको सेमिनार राखिएको बताए ।

उनले चितवनको सौराहा, नवलपुरको गैडाकोट तथा कावसोती लगायतका क्षेत्रबाट चिकित्सक तथा अन्य सर्वसाधारणलाई अवलोकन गर्न सहजताका लागि सटल बसको व्यवस्था गरिएको समेत बताए ।

‘औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरुले समेत एक्स्पोमा भाग लिने बताइएको छ । बरालले एक्सोपमा १५ हजार बढीले अवलोकन गर्ने अनुमान रहेको जानकारी दिए ।

एपोनका निवर्तमान अध्यक्ष एवं नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवद्धन तथा नयाँ नयाँ टेक्लोलोजीबारे ज्ञान तथा सिप बाढ्नका लागि एक्स्पो आयोजना गरिएको बताए ।

उनले एक्सोमा प्लाटिनम स्पोन्सरमा इलमेक प्याकेजिङ प्रालि, डाइमण्ड स्पोन्सरमा सनसाई फर्मा रहेको जानकारी दिए । यस्तै गोल्ड स्पोन्सरमा एनपीएम मेसिनरी, एपभिएएस प्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोलोजी रहेको जानकारी दिए ।

एपोनले हरेक दुई दुई वर्षमा आयोजना गर्ने यस्तो खालको एक्स्पोको यसपटक आठौ संस्करण हो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *