स्वास्थ्य विभागले माग्यो ८ जना स्वास्थ्य अधिकृत

काठमडौँ, २ बैशाख । स्वास्थ्य सेवा विभागले कोभिड १९ प्रतिकार्यका लागि अधिकृत सातौँ तहका आठ जना स्वास्थ्यकर्मी करारमा नियुक्ती गर्ने भएको छ । विभागले ग्लोबल फन्डबाट अतिरिक्त सहायता अन्तर्गत कोभिड- १९ प्रतिकार्यका कर्मचारी माग गरेको हो ।

आज सूचना प्रकाशन गरी विभागले ७ प्रदेशमा ७ जना र विभागको व्यवस्थापन महाशाखाका लागि १ जना गरी ८ जना माग गरेको छ। फार्मेसी वा जनस्वास्थ्यका विषयमा स्नातक तह उत्तीर्ण गरेको वा फार्मेसी विषयमा डिप्लोमा गरी ३ वर्ष कार्यानुभव भएको व्यक्तिले दरखास्त दिन सक्ने भनिएको छ ।

योग्यता पुगेका इच्छुकले १० दिनभित्र स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखामा आवेदन दिन भनिएको छ ।

हेर्नुहोस सूचना

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *