राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनको भोलीबाट सुरु हुँदै

महासंघमा रुपान्तरित हुने संघमा १७ पदाधिकारी सहित १५१ सदस्यीय केन्द्रीय समिति बनाईंदै

काठमाडौँ, २४ चैत ।  एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशन शुक्रबार (भोली)बाट राजधानीमा सुरु हुँदै छ । नियमित समय भन्दा तीन वर्ष ढिला गरी हुन लागेको यो महाधिवेशनले चार वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।

महाधिवेशनको तयारीबारे जानकारी दिन आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष रामबहादुर चन्दले सम्पूर्ण तयारी पुरा भएको बताए । नेकपा एमालेको जनवर्गीय संगठनको रुपमा स्थापित संघलाई यो महाधिवेशनबाट विधान संसोधन गरि महासंघमा रुपान्तरण गर्ने उनले जानकारी दिए ।

‘सात वर्ष अघि दाङमा भएको संघको तेस्रो महाधिवेशनबाट ७९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको थियो । तर यसपटक केन्द्रीय कमिटिमा झण्डै दोब्बर बढी संख्या रहने बताइएको छ । अब बन्ने कटिमि १७ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटि बन्ने छ,’ अध्यक्ष चन्दले भने ।

संघका महासचिव डा झलक शर्मा गौतमले ७० वटा भन्दा बढी जिल्ला स्तर र सातै प्रदेश र ६ वटा विषयगत घटकका समितिहरुरको अधिवेशन सम्पन्न भईसकेको भन्दै महाधिवेशनका लागि ७०० बढी प्रतिनिधिहरुको सहभागीता हुने बताए । उनले महाधिवेशन सम्पन्न गर्नका लागि १४ वटा तयारी समितिले काम गरिरहेको जानकारी दिए ।

महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भोली विहान ११ बजे प्रज्ञा भवनमा पुगेर उदघाटन गर्ने कार्यक्रम छ ।

‘अहिले विभिन्न घटकमा गरेर करीव २८ हजार सदस्य पुगेको अवस्था छ । घटकको संख्या पनि १० पुरयाउने योजना छ र स्वास्थ्य क्षेत्रमा सबैभन्दा चलायमान संस्था बनाउने योजना छ,’ संघका सचिव डा. सन्तोष पौडेलले भने ।

उनले पार्टीको जनवर्गीय संगठन भएको नाताले पार्टी निकट स्वास्थ्यकर्मीहरुको हकहितका अलावा पार्टीको स्वास्थ्य नीतिको बारेमा आफ्नो संघले विभाग मार्फत पार्टीको नीति बनाउन सल्लाह सुझाव दिने बताए ।

उनले पहिलो दिन उदघाटन सत्र र त्यसपछि बन्द सत्रमा विभिन्न प्रतिवेदन र विधान परिवर्तनका विषयमा छलफल हुने र अन्त्यमा नयाँ नेतृत्व चयन गरी महाधिवेसन सम्पन्न हुने बताए ।

प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले गर्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *