प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण : यी हुन् स्वास्थ्यका तीन एजेन्डा
स्वास्थ्य मन्त्री खतिवडा र स्वास्थ्य सचिव डा. पोखरेल पनि उच्चस्तरीय भ्रमण टोलीमा
काठमाडौँ, १८ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज छिमेकी मुलक भारतको तीन दिने औपचारिक भ्रमणमा निस्कदैछन् । करीव ५० सदस्यीय भ्रमण टोलीमा स्वास्थ्य, परराष्ट्र उर्जा र कृषि मन्त्री, सचिव र अन्य अधिकारीहरु सहभागी हुँदैछन् ।
भ्रमणमा स्वास्थ्यबाट मन्त्री विरोध खतिवडा, सचिव डा रोशन पोखरेल सहभागी हुँदैछन् । प्रधानमन्त्रीका स्वास्थय विज्ञ सल्लाहकार डा आरपी बिच्छा पनि भ्रमण सहभागी हुने टोलीमा परेका छन् ।
स्वास्थ्यको मन्त्री र सचिव सहितको टोली जाँदै गर्दा स्वास्थ्यका एजेन्डा के के हुन् भनेर चर्चा चल्न थालेको छ । तर स्वास्थ्य मन्त्री विरोध खतिवडा एजेन्डा फिक्स भईनसकेको बताउँछन् । ‘अहिले नै भनिहाल्ने एजेन्डा म संग छैन् । उतै (भारत) पुगेपछि एजेन्डा तय होला,’ मन्त्री खतिवडाले भने ।
स्वास्थ्य सचिव डा. रोशन पोखरेलले पनि स्वास्थ्यको छुट्टै औपचारिक एजेन्डा नभएको बताए । तर केही सहयोग सम्वन्धी हस्ताक्षर हुनसक्ने बताए । ‘भारतले स्वास्थ्यका क्षेत्रमा थुप्रै सहयोग गर्दै आएको छ । थप केही सहयोग र सम्झौँता पनि होला कि । सो काम प्रधानमन्त्री कार्यालय र परराष्ट्रले गर्दै होला,’ उनले भने ।
यता प्रधानमन्त्रीका विज्ञ सल्लाहकार डा विच्छाले भने भारत भ्रमणमा मुख्यत तीनवटा स्वास्थ्यका एजेन्डा भएको आफूले जानकारी पाएको बताए । उनका अनुसार पहिलो एजेन्डामा भारतले मिर्गौला फेल भएका बिरामीका लागि आवश्यक पर्ने २०० वटा डाइलाईसिस मेसिन सहयोग गर्ने कुरा भएको छ ।
दोस्रो एजेन्डाको रुपमा पहिले देखि नै उठदै आएको चिकित्सा शिक्षा तर्फको स्नातकोत्तर तहको मेडिकल डिग्री पीजी, डिएम, एमसीएचमा नेपाल र भारतीय मेडिकल काउन्सिलले दुबैतिर मान्यता दिने विषयमा समझदारी गर्ने विषयमा हस्ताक्षर गर्ने कुरा रहेको छ ।
तेस्रो एजेन्डाको रुपमा तनहुँमा रहेको जीपी कोइराला श्वासप्रश्वास केन्द्र, नेपालगञ्जमा रहेको सुशील कोइराला प्रखर क्यान्सर उपचार केन्द्रलाई प्राविधिक सहयोग गर्ने विषयमा पनि छलफल हुनेछ ।
यी दुई अस्पताललाई भारतले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकै मोडलमा अघि बढाउनका लागि सहयोग गर्ने आश्वासन दिएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]