स्वास्थ्यमा रिक्त बाह्रौँ तहको बढुवा प्रक्रिया अघि बढ्यो

बढुवाका लागि योग्यता पुगेकाले १५ दिन भित्र व्यक्तिगत विवरण उपलव्ध गराउन निर्देशन

काठमाडौँ, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको स्वास्थ्य सेवा समूहको अधिकृत १२ औं तहको प्रमुख विशेषज्ञ पद (एक)का बढुवा प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयको बढुवा समितिको सचिवालयले आइतबार सूचना प्रकाशित गरी १२ औँ तहमा बढुवा हुनका लागि योग्यता पुगेका स्वास्थ्यकर्मीसंग व्यक्तिगत विवरण माग गरेको छ ।

सूचना अनुसार बढुवाका लागि २०७८ असार मसान्तसम्म नेपाल स्वास्थ्य सेवा ऐनको दफा २६(१) बमोजिमको सेवा अवधी पुरा गरेका एघारौं तहका अधिकृत कर्मचारीहरुले प्रतिस्पर्धा गर्न सक्नेछन् । त्यसका लागि मन्त्रालयको वेवसाइटमा रहेको बढुवा सम्वन्धी व्यक्तिगत विवरण फारम डाउनलोड गरी सो बिबरण सम्बन्धित निकायबाट प्रमाणित गराई १५ दिन भित्र मन्त्रालयको कर्मचारी प्रशासन शाखामा दर्ता गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यमा प्रमुख विशेषज्ञ पद १२ औँ तहको पद ४ वटा रहेको छ । त्यसमध्ये अहिले एउटा पद खाली भएको छ । गत २ मंसिरमा प्रमुख विशेषज्ञ पदमा बढुवा भएका डा भीमसिंह तिंकरीले गत २ माघमा अवकाश पाएपछि एउटा पद खुल्ला भएको हो । अहिले सोही पदमा बढुवा गर्नका लागि निवेदन मागिएको हो ।

स्वास्थ्यमा अहिले डा दीपेन्द्ररमण सिंह, डा श्यामसुन्दर यादव र डा गुणराज लोहनी प्रमुख विशेषज्ञ पदमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *