चौबिस घण्टामा ४५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण
काठमाडौँ, ५ चैत । पछिल्लो चौबिस घण्टामा देशभर ४ हजार ५ सय ४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही अवधीमा थप ४ सय ९ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको जानकारी अनुसार १ हजार ९ सय ९३ पीसीआर नमुना परीक्षण गर्दा ८ र २ हजार ५ सय ५० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ९ गरी १७ जनाको रीपोर्ट पोजेटिभ आएको हो ।
त्यसैगरी आज कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ५ सय ९५ सय रहेको छ । आइसीयूमा २७ र भेन्टीलेटरमा ६ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]