लोक सेवा आयोगको विशेष विज्ञापन : तीन सय जना स्टाफ नर्सका लागि स्थायी जागिरको अवसर

वीरको सर्जिकल भवनका लागि प्रयोग गर्ने जनशक्ति

काठमाडौँ, २ चैत । लोक सेवा आयोगले तीन सय जना स्टाफ नर्स स्थायी पदपूर्ति गर्न विशेष विज्ञापन गरेको छ । आयोगको मंगलबार बसेको बैठकले खुल्ला तथा समावेशी प्रतियोगिताद्धारा ३०० जना नर्स तत्काल स्थायी पदपूर्ति गर्नुपर्ने भन्दै विशेष विज्ञापन गरेको हो ।

विज्ञापनमा अनलाइन दरखास्त हाल्ने म्याद २२ चैतसम्म र दोब्बर दस्तुर तिरी दरखास्त हाल्ने म्याद २९ चैतसम्म तोकिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यो विज्ञापन वीर अस्पतालको नयाँ भवनमा सेवा सञ्चालनका लागि खटाउने उदेश्यले खोलिएको हो ।

थप जानकारीका लागि हेरौँ विज्ञापन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

3 thoughts on “लोक सेवा आयोगको विशेष विज्ञापन : तीन सय जना स्टाफ नर्सका लागि स्थायी जागिरको अवसर

Leave a Reply

Your email address will not be published. Required fields are marked *