स्वास्थ्यकर्मीलाई तहकै कारणले पढ्न नपाउने अवस्थाको अन्त्य

काठमाडौँ, २७ फागुन ।  अब तल्लो तहमा कार्यरत स्वास्थ्यकर्मीले पनि जागिरकै दौरानमा माथिल्लो तहको अध्ययन गर्न पाउने भएका छन् ।

स्वास्थ्य मन्त्रालयले यसअघि भएको व्यवस्थालाई खारेज गर्दै स्वास्थ्यकर्मीहरुले आफ्नो व्यक्तिगत प्रयासमा शैक्षिक योग्यता बढाउनका लागि चाल्ने कदमलाई सहयोग गर्दै तहगत लिमिटलाई खारेज गरेको छ ।

यद्धपी मन्त्रालयले गर्ने मनोनयनमा भने यो नयाँ व्यवस्था लागू नहुने स्पष्ट पारेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरमणि अधिकारीले अब नियम अनुसार जे विदा पाउने पर्ने हो त्यहि विदा पाउने बताए । तर उनले मनोनयन गरेर जाने सिटमा भने जे विषय र जुन तहका लागि हो त्यहि व्यक्तिलाई नै अवसर हुने स्पष्ट पारे ।

‘पहिले पहिले तलवी अध्ययन विदालाई मनोनयन हुदैनथ्यो । अध्ययनमा जानका लागि आवश्यक व्यक्ति हो कि होइन । पठाउनका लागि उपयुक्त छ कि छैन् भनेर हेरिन्थ्यो । त्यहि अनुसार नै विदाको चाँजोपाँजो हुन्थ्यो । तर अब त्यो हुदैन् । जस्तो कि यदि कोही सिएमए पदमा कार्यरत छन् । तर एमपीएचका लागि चिकित्सा शिक्षा आयोगले लिएको परीक्षामा नाम निकाले भने उनीहरुले पढ्न पाउँछन् । अनमी छन् तर उनको बढुवाका लागि एमएन अध्ययन गर्न पर्दैन् तर उनले व्यक्ति प्रयासमा गरिन र नाम निकालिन भने उनलाई पढने व्यवस्था मिलाउने भन्ने हो,’ डा अधिकारीले भने ।

उनले त्यसरी अध्ययन विदा लिनका लागि मापदण्ड भने पुरा भएको हुनुपर्ने बताए । त्यसका लागि कम्तीमा तीन वर्ष सेवा गरेको हुनैपर्छ । दुर्गम क्षेत्रमा काम गरेको पनि हुनुपर्छ ।

डा अधिकारीले यस विषयमा स्वाथ्यकर्मीहरुले अदालतमा रिट दायर गरेर आदेश समेत आएपछि यसको कार्यान्वयन सुरु भईसकेको बताए ।

मन्त्रालयले शुक्रबार जारी गरेको सूचनामा २०७६ माघ १४ गतेको सचिवस्तरीय बैठकको निर्णयबाट आफ्नो पदको न्युनतम शैक्षिक योग्यता भन्दा दुई तह माथिको पदको योग्यताका लागि आवश्यक उच्च अध्ययनमा जाँदा असाधारण विदा मात्रै दिने भन्ने निर्णय गत फागुन ११ गतेको मन्त्रीस्तरीय निर्णबाट बदर भएको उल्लेख छ ।

मन्त्रालयले सोही जानकारी शुक्रबार सातवटै प्रदेश, विभाग प्रतिष्ठान, अस्पताल, केन्द्र र ७५३ वटै स्थानीय तहलाई गराएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “स्वास्थ्यकर्मीलाई तहकै कारणले पढ्न नपाउने अवस्थाको अन्त्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *