विश्वका यी आठ मुलुक जहाँ कोरोना छिर्न पाएन

 

तुर्कमेनिस्तान :सन् २०१९ को अन्त्यतिर देखिएको कोरोना भाइरस नपुगेको संसारको कुन देश होला ? धनी गरीव, विकसित र कम विकसित सबै खाले देशहरुसंग यसको असर झेलेको अनुभव भएको छ ।

तर मध्ये एशियामा पर्ने देश तुर्कमेनिस्तानमा अहिले सम्म कोरोनाको केश रिपोर्ट भएको छैन् । यस देशमा अहिलेसम्म कोरोनाको एउटा पनि केश देखिएको छैन् ।

महामारी रोक्नका लागि त्यहाँका अधिकारीहरुले लिएको सुझबुझपूर्ण निर्णयका कारण यस्तो सफलता हात पारेको बताइएको छ । तुर्कमेनिस्थानमा सरकारले भीड जम्मा हुन पूर्ण रुपमा निषेध गरेको छ । यस्तै मास्क अनिवार्य गरिएको छ । सामाजिक दूरी कायम गर्न भनिएको छ । सरकारको यो नियम आम सर्वसाधारणले पूर्ण रुपमा कार्यान्वयन गरेको बताइएको छ ।

नियुई :

नियुई दक्षिण प्रशान्त क्षेत्रमा सामुद्रिक टापुले बनेको एउटा सानो देश हो । यो देशमा पनि अहिलेसम्म कोरोनाको संक्रमण देखिएको छैन् । विश्व स्वास्थ्य संगठनका अनुसार यहाँका ७९ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पूर्ण खोप लिईसकेका छन् ।

माइक्रोनेसिया :

पश्चिमी प्रशान्त क्षेत्रमा अवस्थित माइक्रोनेशिया अहिलेसम्म कोरोनाबाट सुरक्षित भएको बताइएको छ । यो देश ४ वटा सामुद्रिक टापू मिलेर बनेको छ । यो देशमा विदेशी पर्यटकको घुईचो लाग्ने गर्दथ्यो । तर कोरोना भाइरस देखिएपछि नै यस देशले आफ्नो सिमा नाका बन्द गरिदियो । विश्व स्वास्थ्य संगठनले अहिले माइक्रोनेशियालाई पनि अहिलेसम्म कोरोना नछिरेको अर्थात कोरोनामुक्त देशको सूचीमा राखेको छ ।

नाउरु :

अष्ट्रेलियाको नजिक पर्ने यो देश सेतो बालुवा भएको सामुद्रिक किनार (सी बिच) ले घेरिएको छ । त्यसैले पनि पर्यटकका लागि यो देश निकै नै लोकप्रिय छ । कोरोना देखिएपछि यो देशको सरकारले पनि सिमा नाका बन्द गरिदिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो देशमा अहिलेसम्म ६८ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पूर्ण खोप लिईसकेका छन् । नाउरुमा अहिलेसम्म कोरोनाको एउटा पनि केश रिपोर्ट भएको छैन् ।

सेट हेलेना :

दक्षिणी आन्ध्र महासागरमा रहेको सेट हेलेना देशलाई संसारकै दुर्गम देश मानिन्छ । यो दक्षिण अफ्रिकाको साउथ वेष्ट कोष्टबाट १२०० माइल र राजधानी रिओ द जेनेरियोबाट २५०० माइल टाढा पर्दछ । यहाँको जनसंख्या ४५०० जना रहेको छ । तर यी नागरिक पनि अहिलेसम्म कोरोनाको संक्रमणमा परेका छैनन् । डव्लुएचओका अनुसार यहाँका ५८ प्रतिशत नागरिक कोरोनाको पूर्ण खोप लिईसकेका छन् ।

पिटकेर्न :

प्रशान्त महासागरमा रहेको यो देश चारवटा टापु मिलेर बनेको छ । यहाँको जनसंख्या ५० जना मात्रै रहेको बताइएको छ । र अहिलेसम्म यो देश पनि कोरोना संक्रमणमुक्त रहेको छ ।

तुभालु :

सामुद्रिक टापूको रुपमा अवस्थित तुभालु दक्षिण प्रशान्त क्षेत्रमा पर्दछ । यो एउटा सानो देशको रुपमा विश्वमान चित्रमा अवस्थित छ । विश्व स्वास्थ्य संगठनका अनुसार तुभालु देशमा अहिलेसम्म ५० प्रतिशत जनताले कोभिडविरुद्धको खोप लिईसकेका छन् । कोरोना संक्रमण देखा परेपछि यो देशले सुरुमा क्वारिन्टिन र त्यसपछि सीमा नाका बन्द गर्ने निर्णय गरेपछि कोरोना प्रवेश गर्न सकेको छैन् ।

टोकेलाउ :

दक्षिण प्रशान्त महासागरमा पर्ने टोकेलाउ देशमा पनि अहिलेसम्म कोरोना संक्रमण देखा परेको छैन् । विश्व स्वास्थ्य संगठनले यो देशलाई पनि कोरोना मुक्त देशको रुपमा सूचीकृत गरेको छ ।सामुद्रिक टापूबाट बनेको यो देशमा एयरपोर्ट छैन् । १५०० जनसंख्या भएको यो देशमा जानका लागि पानी जहाजको प्रोग गर्नु पर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *