वीपी प्रतिष्ठानका पदाधिकारीलाई कामकाज गर्न रोक लगाउने सरकारको निर्णय सर्बोच्चले उल्ट्यायो

काठमाडौं, ४ फागुन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति निर्देशक लगायतका पदाधिकारीहरुलाई काम काज गर्न रोक लगाउने सरकारको निर्णय सर्बोच्च अदालतले उल्ट्याई दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासले उपकुलपति डा गिरी सहित पदाधिकारीहरुलाई कामकाज गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

प्रतिष्ठानमा अनियमितता लगायतका आरोप लगाउँदै सरकारले उपकुलपति डा गिरी र प्रतिष्ठानका पदाधिकारीहरुलाई कामकाज गर्न रोक लगाएको थियो । यता स्वास्थ्य मन्त्रालयले उपकुलपतिले गर्दै आएको कामकाज गर्न मन्त्रालय प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादव, उपसचिव चिरिन्जीवी अधिकारी लगायतको टोलीलाई धरान पठाएको थियो ।

तर सो निर्णय कार्यान्वयन नगर्न उपकुलपति डा गिरीले सर्बोच्चमा रिट दायर गरेका थिए । त्यसैको सुनुवाई गर्दै आज फैसला भएको हो ।
डा गिरीले सर्बोच्चबाट न्याय पाएको बताउँदै विहीबार नै धरानस्थित प्रतिष्ठान पुगेर कामकाज सम्हाल्ने प्रतिक्रिया दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *