‘खोप हराएको होईन, रिपोर्टिङ र रेकर्डिङ राम्ररी नभएको हो’

काठमाडौँ, ३ फागुन । हराएको भनिएको कोभिड – १९ बिरुद्धको खोपबारे जाँचबुझ गर्न गठित समितिले सोमबार स्वास्थ्य मन्त्री विरोध खतिवडालाई आफ्नो प्रतिवेदन बुझाएको छ । जाँचबुझ समितिका संयोजक एवं मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको नेतृत्वमा गठित समितिले मन्त्री खतिवडालाई प्रतिवेदन बुझाएको हो ।

यद्धपी प्रतिवेदनमा के लेखिएको छ भनेर अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

मन्त्रालय उच्च स्रोतका अनुसार प्रतिवेदनमा ‘खोप हराएको छैन्’ भन्ने उल्लेख छ ।

यसअघि संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य सचिव डा रोशन पोखरेलले कोभिडविरुद्धको २४ लाख डोज हराएको भनेपछि यो विषय विवादित बनेको थियो । विषय विवादित बन्दै गएपछि स्वाथ्य मन्त्री खतिवडाले १५ दिन अघि मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेका थिए ।

‘खोप हराएको होईन, रेकर्ड र रिपोर्टिङ राम्रोसंग नभएको पाइयो । समितिले रेकर्ड र रिपोटिङलाई व्यापक गरेपछि खास तथ्य भेटिएको छ । सबै ठाँउबाट खोपका विवरण प्राप्त हुँदा खोप हराएको पाइएन । अहिले प्रतिवेदन मन्त्री ज्यूकोमा छ । अध्ययन गरेपछि मन्त्री ज्यूले एक दुई दिन भित्रै सार्वजनिक गर्छु भन्नु भएको छ,’  स्रोतले भन्यो ।

प्रतिवेदनमा कति खोप खेर गयो, कति खोपको म्याद गुज्रिएर फाल्नु प¥यो, कति खोप लगाइयो र कति खोप मौज्दात छ भन्ने विवरण आएको बताइएको छ ।

छानविन समितिमा डा लोहनीको नेतृत्वमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, अनिल थापा, अभियान गौतम र डा गुणनिधि शर्मा सदस्य रहेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *