पूर्वखोलामा ७० वर्ष माथिका जेष्ठ नागरिकको घर घरमै पुगेर स्वास्थ्य परीक्षण

372
Shares

पाल्पा, २६ माघ । पाल्पाको पूर्वखोला गाउँपालिकामा घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। यहाँका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिन सुरु गरिएको हो ।

स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए। गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका एक हजार तीन जना ज्येष्ठ नागरिक र ४९ जना फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरु छन् ।

गाँउपालिकाले उनीहरुको घर घरमै गएर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । यो अभियान फागुन ८ सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए।

परीक्षणका क्रममा उनीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, सामान्य उपचार, आँखा र कानको परीक्षणसहित नौ क्षेत्रमा रहेर स्वास्थ्य परीक्षण गरिनेछ।

अघिल्ला वर्षमा ८४ वर्ष माथिका ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो भने यसवर्ष ७० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षणसहित ८० वर्ष माथिका नागरिकलाई पौष्टिक आहार र कम्बल वितरण कार्यक्रम रहेको छ।

पहिलो दिन मङ्गलबार पूर्वखोला –३ रिङ्नेरह कोलडाँडा निवासी ९८ वर्षीय लक्ष्मीप्रसाद तिमिल्सिनाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम सुरु गरिएको थियो । सो जनप्रतिनिधिसहित घरमा पुगेको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *