प्रदेशका स्वास्थ्य सचिव बने डा. भट्टचन र डा. तिवारी

काठमाडौँ, २४ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा संघीय मामिला तथा सामान्य प्रशासनले स्वास्थ्यका एघारौँ तहका दुई जना चिकित्सकलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सचिव बनाएर पठाएको छ ।

सामान्य मन्त्रालय स्रोतका अनुसार डा. अनुज भट्टचनलाई प्रदेश नं १ को स्वास्थ्य सचिव र डा. श्रीराम तिवारीलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउने निर्णय भएको छ ।

सामान्य मन्त्रालय स्रोतका अनुसार डा अनुज भट्टचनलाई प्रदेश नं १ को स्वास्थ्य सचिव र डा श्रीराम तिवारीलाई गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउने निर्णय भएको छ ।

लामो समय फाजिलमा रहेका डा भट्टचनलाई गत १२ मंसिरमा स्वास्थ्यले गण्डकी प्रदेशको स्वास्थ्य सचिव बनाउन सामान्यलाई सिफारिस गरेको थियो । तर सामान्यबाट सो सिफारिस कार्यान्वयन हुन सकेको थिएन । अहिले उनलाई फेरी प्रदेश नं १ को स्वास्थ्य सचिव बनाउने निर्णय भएको हो ।

‘मैले पनि यस्तै सामाजिक सञ्जालमा देखेको हुँ । हल्ला सुनेको छु । पत्र हात परेको छैन् । त्यसपछि मात्रै भनौला,’ डा भट्टचनले भने ।

यता पोखराका लागि सिफारिस भएका डा तिवारी २७ दिन अघि केन्द्रीय कारागार अस्पतालबाट राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशकको रुपमा भएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *