८ लाख ६२ हजार डोज अस्ट्राजेनेका खोप नेपाल आइपुग्यो

काठमाडौ, २४ माघ । अस्ट्राजेनेकाको थप ८ लाख ८२ हजार ८० डोज खोप नेपाल आइपुगेको छ। बेलायत सरकारले कोभ्याक्स सुविधामार्फत नेपाललाई सहयोग गरेको उक्त खोप सोमबार नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाकाले जनाएको छ।
उक्त खोप कतार एयरबेजको विमानमार्फत आज नेपाल आइपुगेको हो । यसअघि कोभ्याक्स सुबिधा अन्तर्गत फ्रान्स सरकारले ६ लाख ८५ हजार ४०० मात्रा र इटालीले ६ लाख ३३ हजार ६०० मात्रा अस्ट्राजेनेका खोप नेपाल पठाएका थिए।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




