प्रदेश नं १ मा पनि बन्यो स्वास्थ्य मन्त्रालय, जयराम यादव बने स्वास्थ्य मन्त्री
काठमाडौ, २३ माघ । काठमाडौँ, २३ माघ । प्रदेश नं १ मा पनि स्वास्थ्य मन्त्रालय थपिएको छ । गठबन्धनमा सहभागी दलबीच भागबन्डा मिलाउन मन्त्रालय टुक्राउँदा स्वास्थ्य मन्त्रालय थपिएको हो ।
मुख्य मन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् पुटाएर १३ पु¥याएका छन् । त्यसमा अझ एक जना राज्यमन्त्री समेत थपेका छन् ।

आइतबार मन्त्रिपरिषद बिस्तार हुँदा नयाँ स्वास्थ्य मन्त्रीको जिम्मा जयराम यादवलाई दिइएको छ । यसअघि यादव सामाजिक विकास मन्त्री थिए । उनी जनता सामाजवादी पार्टीबाट निर्वाचित प्रदेश सांसद हुन् ।
मुख्यमन्त्री राईले आइतबार विस्तार गरेको मन्त्रिपरिषद्मा खोनपानी, सिंचाइ तथा ऊर्जा मन्त्रीको जिम्मेवारी रामकुमार राईलाई दिएका छन् । यस्तै सामाजिक विकास मन्त्रीमा राजन राई, पर्यटन तथा संस्कृति मन्त्रीमा खिनु लङवा (लिम्बु), कृषि मन्त्रीमा झलक बहादुर मगरलाई नियुक्त गरेका छन् ।
यस्तै, वन, वातावरण तथा भू–संरक्षण मन्त्रीमा शेखर चन्द्र थापा, उद्योग, श्रम तथा रोजगार मन्त्रीमा ओमप्रकाश सरावागी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रतापप्रकाश हाङगाम र यातायात व्यवस्था तथा सञ्चार मन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेलाई नियुक्त गरेका हुन्।
यसैगरी आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र बहादुर आङवो, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रीमा हिमाल कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, सामाजिक विकास मन्त्रीमा जयराम यादव र सामाजिक विकास राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फे रहेका छन् ।

सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




