छुटेका बालबालिकालाई आजदेखि प्रसूतिगृह र वीरेन्द्र सैनिक अस्पतालमा फाइजर खोप दिईदै

काठमाडौँ, १३ माघ । स्वास्थ्य कार्यकालय काठमाडौँले आज देखि दुईवटा अस्पतालबाट बालबालिकालाई कोभिडविरुद्धको खोप दिने भएको छ ।

यसअघि विद्यालय खोप केन्द्रमा कोभिडविरुद्धको खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई वीरेन्द्र सैनिक अस्पताल छाउनी र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीबाट खोप दिने भएको हो ।

दुबै केन्द्रबाट बालबालिकाहरुलाई फाइजर खोप दिन लागिएको हो । पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन अनुरोछ छ । स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भु काफ्लेले भने ।

उनले खोप आज र भोलीका लागि तय गरिएको भएपनि आवश्यकता अनुसार अवधी थपिने सुनाए ।

स्वास्थ्य कार्यालयले यसअघि चलाएको अभियानमा काठमाडौँमा मात्रै २ लाख ८१ हजार बढीले खोप लगाएको विवरण आएको छ । यो विवरण स्वास्थ्य सेवा विभागले अनुमान गरेभन्दा ५० हजार बढी हो ।

विभागको एचएमआईएसले काठमाडौँमा सो उमेर समूहका बालबालिकाको संख्या २ लाख ३३ हजार छ भन्ने अनुमान गरेको थियो । तर हामीसंग २ लाख ८१ हजारले खोप लिएको विवरण आइसकेको छ । अझै चार पाँच हजारको विवरण आउनै छ । काफ्लेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *