यी हुन बुस्टर डोज दिईने काठमाडौँका १७ वटा खोप केन्द्र

5.6k
Shares

काठमाडौँ, २ माघ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १७ वटा स्थानबाट अग्रपंक्तिमा खटिएका व्यक्तिलाई कोभिडविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दिने भएको छ ।

यसबाहेक स्थानीय तहहरुमध्ये टोखा नगरपालिका र दक्षिणकाली नगरपालिकाले पनि आजबाट अग्रपंतिमा खटिएका व्यक्तिलाई खोप दिने बताएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख शम्भु काफ्लेका अनुसार ८ वटा सरकारी अस्पताल र नाका सहित ९ वटा निजी अस्पतालबाट खोप दिन लागिएको हो ।

कहाँ कहाँबाट दिईदै छ बुस्टर डोज खोप ?
१ नेपाली सेनाको अस्पताल छाउनी
२ नेपाल प्रहरी अस्पताल महाराजगञ्ज
३ सशस्त्र प्रहरी अस्पताल बलम्बु
४ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
५ वीर अस्पताल महावौद्य
६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली
७ शहीद शुक्रबार अस्पताल टेकु
८ निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर
९ सुभेक्षा अस्पताल सितापाइला
१० जनमैत्री अस्पताल बालाजु
११ पिपुल्स डेन्टल कलेज सामाखुशी
१२ नर्भिक अस्पताल थापाथली
१३ नोभेल अस्पताल सिनामंगल
१४ बयोधा अस्पताल बल्खु
१५ शहीद मेमोरियल अस्पताल कलंकी
१६ नयाँ बसपार्क
१७ एपेक्स पोलिक्लिनिक जडिबुटी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *