नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित

 

काठमाडौ, ३० पुस । नेपाल मेडिकल काउन्सिलको स्नातकोत्तर तहको विशेष परीक्षा स्थगित भएको छ।

शुक्रबार एक सूचना जारी गर्दै काउन्सिलले आगामी माघ १४ र १५ गते स्नातकोत्तर तहको विशेष परीक्षा लिने भनेको परीक्षा देशमा बढ्दै गएको कोभिड -१९ का कारण तथा  काउन्सिल कर्मचारी र पदाधिकारीमा कोरोना संक्रमण संक्रमण पुष्टि भएपछि परीक्षा स्थगित भएको जनाएको छ ।

नेपाल सरकारको परिपत्र अनुसार तोकिएको समयमा सम्पन्न गर्न कठिनाई भएकोले प्राप्त आवेदनहरू कायमै राखि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । परीक्षाको मिति तयभएका बखत आवेदनको अन्तिम मिति तोकिनेछ। काउन्सिलको सूचनामा भनिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *