चिकित्सा शिक्षा आयोगको निर्देशक पदका लागि दरखास्त हालेका १२ जनाको नाम सम्छिप्त सूचीमा

काठमाडौँ, ६ साउन । चिकित्सा शिक्षा आयोगमा रिक्त निर्देशक ४ पदका लागि दरखास्त दिएका मध्ये १२ जनाको नाम सम्छिप्त सूचीमा परेको छ ।

चिकित्सा शिक्षा आयोगको निर्देशक पदमा नियुक्तीका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार ती नामहरु सार्वजनिक गरेको हो ।

त्यसरी सम्छिप्त सूचीमा पर्नेहरुमा प्राडा दयाराम पोखरेल, प्राडा दीपेन्द्रबहादुर श्रेष्ठ, प्राडा दिलिप शर्मा र प्राडा विनोदकुमार यादव रहेका छन् । त्यसैगरी प्राडा मृगेन्द्र अमात्य, प्राडा रविन्द्रमान श्रेष्ठ, प्राडा विष्णुप्रसाद शर्मा, प्राडा संघरत्न बज्राचार्य, प्राडा सञ्जयकुमार श्रेष्ठ र प्राडा सध्या चापागाई आचार्य रहेकी छन् । यसैगरी प्राडा सुरज बज्राचार्य र प्राडा शैलेश प्रधान पनि सम्छिप्त सूचीमा अटाएका छन् ।

उनीहरुलाई आगामी ८ साउन विहान ८ बजे देखि सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको बैठक कक्षमा प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको छ ।

समितिले आयोगको निर्देशनालय तथा बोर्डको कामसंग सम्वन्धित दक्षता र सम्वद्ध क्षेत्रमा उतृष्ट व्यवस्थापकीय सीप तथा कौशल र व्यवसायिकता प्रदर्शन गरे वापतको प्राप्ताङ्क, कार्य अनुभव वापतको प्राप्ताङ्क र सोच पत्र वापतको प्राप्ताङ्कसहितको कुल जोडबाट सबैभन्दा बढी आउने व्यक्तिलदाई अल्प सूचीमा राखिएको बताएको छ ।

आयोगमा अहिले मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेशनल बोर्ड आफ मेडिकल स्पेसियालिटिजको निर्देशक पदहरु खालि छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *