सतर्कताको ताकेता पछि स्वास्थ्यले खोज्यो स्वास्थ्यकर्मीको सम्पत्ति विवरण
काठमाडौँ, २६ पुस । राष्ट्रिय सतर्कता केन्द्रको ताकेता पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिन भित्र आफ्नो सम्पत्ति विवरण पठाउन मातहतका कार्यालयमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार आफू मातहतका स्वास्थ्य सेवा विभाग सहित ४७ वटा कार्यालयलाई पत्र लेख्दै त्यहाँ कार्यरत निजामति कर्मचारी बाहेकका अस्थायी स्थायी करार र ज्यालादारीमा कार्यरत कर्मचारीहरुलाई आर्थिक वर्ष २०७७ /०७८ को सम्पती विवरण बुझाएको सम्वन्धी जानकारी पठाउन निर्देशन दिएको हो ।
उसले पत्रमा विवरण पठाउने ढाँचा समेत दिदै इमेलमार्फत पठाउन भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



