माओवादी अध्यक्ष प्रचण्डलाई कोरोना संक्रमण

688
Shares

काठमाडौँ, २४ पुस ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्यमा केही असहजता देखिएपछि शुक्रबार एन्टीजेन र पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा कोभिड -१९ पोजेटिभ देखिएको प्रचण्डको सचिवालयले जनाएको छ । यद्धपी स्वास्थ्य अवस्था भने सामान्य भएको सचिवालयले स्पष्ट पारेको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार प्रचण्ड अहिले निवासमै आइसोलेट भएर बसेका छन् । सचिवालयले पछिल्लो केही दिनयता प्रचण्डसंग सम्पर्कमा भएकाहरुले स्वास्थ्य सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

सचिवालय र केन्द्रीय कार्यालयका केही सहकर्मीहरुमा केही दिन अघि गरिएको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि प्रचण्ड घरकै आइसोलेसनमा बसेका थिए ।

स्वकीय सचिव मल्लले पनि आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *