कोरोना संक्रमण बढेको भन्दै प्रचण्डले भेटघाट रोके

92
Shares

काठमाडौँ, २२ पुस ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाटलाई बन्द गरेका छन् । कोरोना संक्रमण बढ्न थालेको र स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएको भन्दै भेटघाटलाई बन्द गरिएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयले विहीबार विज्ञप्ती जारी गर्दै पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएपछि भेटेरै बधाई तथा शुभकामना दिने क्रम बढीरहेको र यहि बेला कोरोना संक्रमण समेत बढेको हुँदा भौतिक रुपमा उपस्थिति र भेटघाटका कार्यक्रम रोकिएको उल्लेख छ ।

सचिवालयले पार्टीको केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार नेताहरुलाई समेत कोभिड संक्रमण देखिएको भन्दै कार्यालयमा हुने भिडभाडमा पनि उच्च सतर्कता अपनाउन अनुरोध गेको छ ।

छिमेकी मुलुक भारतमा पछिल्ला दिनमा तिब्र गतिमा कोरोना फैलिएको छ भने नेपालमा पनि संक्रमण दर बढ्दो क्रममा देखिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *