बैतडीमा एक लाख २६ हजारले लगाए कोरोना विरुद्धको खोप

60
Shares


बैतडी, २२ पुस । बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन् ।

पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १८ हजार ६४५ जनाले पहिलो मात्रा र १८ हजार ३५६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

डिलाशैनी गाउँपालिकामा १५ हजार २८३ जनाले पहिलो मात्रा र ८ हजार ४४३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यसैगरी जिल्लाको पाटन नगरपालिकामा १५ हजार २०३ जनाले पहिलो मात्रा र २१ हजार ३०३ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । मेलौली नगरपालिकामा १२ हजार ९५९ जनाले पहिलो मात्रा र पाँच हजार ३८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

दोगडाकेदार गाउँपालिकामा ८ हजार ९९५ जनाले पूर्ण खोप र ८ हजार ५९५ जनाले पहिलो मात्रा पाएका छन् । सिगास गाउँपालिकामा ११ हजार १०५ जनाले पहिलो मात्रा र तीन हजार ३३७ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । सुर्नया गाउँपालिकामा ९ हजार ४९ जनाले पहिलो मात्रा र चार हजार ९२ जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

पञ्चेश्वर गाउँपालिकामा ८ हजार ३८० जनाले पहिलो मात्रा र ६ हजार ९९५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । शिवनाथ गाउँपालिकामा सात हजार ३५० जनाले पहिलो मात्रा र चार हजार ४६५ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।

सरकारले यसअघि खोप लगाउन छुटेको सबै नागरिकलाई खोप लगाउन समेत अनुरोध गरेको छ । हाल पनि जिल्लाका सबै स्थानीय तहमा १२ वर्षदेखि माथिका सबै व्यक्तिलाई खोप लगाउने कार्य जारी रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *