भारतमा एकै दिन ५८ हजार जनामा कोरोना संक्रमण

नयाँ दिल्ली, २१ पुस । भारतमा कोभिड -१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा भारतमा ५८ हजार ९७ जनामा कोभिड देखिएको छ । यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो ।

नयाँ भेरियन्ट ओमिक्रोनसँगै देशभर संक्रमितको संख्या पनि तीव्र बढिरहेको छ ।

भारतमा हालसम्म दुई हजार १३५ जनामा ओमिक्रोन संक्रमण देखिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन् । महाराष्ट्रमा ६५३ जनामा नयाँ भेरियन्ट देखिएको छ भने महाराष्ट्रपछि दिल्लीमा ४६४ जनामा नयाँ भेरियन्टका संक्रमित देखिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *