स्वास्थ्यको सहसचिव रिता जोशी सुदूरपश्चिम प्रदेशको सचिव बनिन्

5.5k
Shares

काठमाडौँ, २० पुस । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहसचिव रिता जोशीलाई सचिवको जिम्मेवारी दिदै सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश पठाएको छ ।

स्वास्थ्य मन्त्रालयको सिफारिसमा उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिएको हो ।

‘स्वास्थ्यबाट सिफारिस गएको भन्ने जानकारी छ । तर निर्णय भइसकेको औपचारिक रुपमा पत्र त पाइसकेको छैन् । बुधबार विहान साढे १० बजे तिर सम्पर्क गर्नु भन्ने सामान्यबाट खवर आएको छ । भोली गएपछि आधिकारिक रुपमा थाहा होला,’ जोशीले नेपाली हेल्थसंग भनिन् ।

स्वास्थ्यमा लामो समय विताएकी उनले पछिल्लो केही समय मन्त्रालयको समन्वय महाशाखा प्रमुख भएर र केही समय फाजिलमा विताएकी थिईन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *