‘सन् २०२२ कोभिड महामारी अन्त्यको वर्ष हुनसक्छ, तर…..’

जेनेभा ।  कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दो क्रममा देखिएका बेला विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अधोनम गेब्रियससले सन् २०२२ महामारीको अन्तिम वर्ष हुन सक्ने बताएका छन् । यद्धपी उनले सो उपलव्धी हासिल गर्नका लागि विकसित मुलुकहरुले आफूसंग रहेको खोप अन्य देशका लागि समेत साझा गर्नुपर्ने बताएका छन् ।

सन् २०१९ को अन्तिममा देखा परेको कोभिड १९ को महामारी अहिले तेस्रो वर्ष प्रवेश गरेको छ ।

टेड्रोसले भनेका छन्, ‘सन् २०२२ मा कोरोना महामारीको अन्त्य हुन्छ तर संक्रिर्ण राष्ट्रवाद र अनावश्यक रुपमा खोप थुपारेर राख्ने प्रबृत्ति लक्ष्य हासिलका लागि बाधक बन्न सक्छ ।

उनले खोपको असमानताले ओमिक्रोन जस्ता भेरियन्टलाई निस्तेज गर्न समस्या हुनसक्छ । खोपको असमानता जति बढी हुन्छ, भाइरस विकसित हुने सम्भावना उत्तिकै बढी हुन्छ । कति बढी हुन्छ त्यसको अन्दाजा गर्न सकिदैन ।

स्ममरणीय कुरा के छ भने, अहिले पनि बुरुण्डी, डेमोक्रेटिक रिपव्लिक अफ कंगो, चाँड र हैटी जस्ता कम आय भएका देशहरुमा पूर्ण खोप लगाउनेको संख्या १ प्रतिशत भन्दा कम छ । जवकी विकसित देहरुरमा पूर्ण खोप लगाउनेको संख्या ७० प्रतिशत माथि भइसकेको छ ।

डा टेड्रोसले खोपमा हुने असमानता हटाउनासाथ सामान्य अवस्थामा फर्किने कल्पना गर्न सकिने दावी गरेका छन् ।

उनले अगाडी थपेका छन्, ‘यदि हामी असमानतालाई हटाउँछौँ भने महामारी अन्त्य हुनसक्छ । कोभ्याक्स फेसिलिटी, डल्लुएचओ र हाम्रा सहयोगीहरुले विश्वभरका ती पहुँच विहीनहरुलाई खोप तथा अन्य औषधि उपचारका सामग्री पठाउन निरन्तर काम गरिरहेका छन् र लाखौँ जनताको ज्यान बचेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *