आइतबार सेनाको छाउनी अस्पतालमा फाइजर खोप लगाईदै

396
Shares

काठमाडौँ, १६ पुस । स्वास्थ्य कार्यलय काठमाडौँले आगामी आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा कोभिडविरुद्धको फाइजर खोप सञ्चालन गर्ने भएको छ । यसअघि पहिलो डोज लगाएर छुटेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गर्दै खोप सञ्चालन गर्न लागेको हो ।

‘हामीसंग थोरै मात्रा खोप बाँकी रहेको छ । यसलाई पहिलो डोज लगाई दोस्रो डोज लगाउन छुटेका बालबालिकालाई दिने योजना बनाएका छौ,’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख शम्भू काफ्लेले भने ।

उनका अनुसार खोप उपलव्धताको आधारमा थप एक अस्पतालबाट पनि सो दिन खोप सञ्चालन गर्न खोजिएको छ ।

‘खोप के कति छ, आज दिउसो निधो गर्दछौँ, धेरै नै रहेछ भने अर्को एक ठाँउबाट पनि आइतबार फाइजर चलाउन सक्छौँ,’ उनले भने ।

अहिले लगाउने फाइजर अघिल्लो खेपमा ल्याइएको हो । अति कम तापक्रममा भण्डारण गर्नुपर्ने यो खोप सामान्य तापक्रममा राख्दा बिग्रने डर हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *