ओमिक्रोनको संक्रमण बढेपछि इटालीमा प्रतिबन्धको घोषणा

इटाली, ९ पुस । इटालीमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेको पाइएको छ। यहाँ प्रतिदिन यस्तो संक्रमण बढ्दै गएपछि स्वास्थ्यका मापदण्डहरूमा कडाइ गरिएको छ र यहाँका अधिकारीहरूले पहिलेजस्तै जनस्वास्थ्यका मापदण्डहरू पालना गर्नुपर्ने नियम बनाएका छन्।

पछिल्लो समयमा क्रिसमसका कार्यक्रमहरूमा बढी नागरिकहरूको आवतजावत र जम्मा हुने भएकाले त्यसमा कडाइ गरिएको बताइएको छ। इटालीको मन्त्रिपरिषद्ले यहाँ क्रिसमस तथा नयाँ वर्षका अवसरमा जम्मा हुनसमेत प्रतिबन्ध लगाएको छ। त्यसैगरी नागरिकरू सार्वजनिक रूपमा भेला हुने कार्यमा पनि कडाइ गरिएको यहाँको सरकारले जनाएको छ।

रात्रि क्लबहरू र डिस्कोमा आगामी जनवरी ३१ सम्मका लागि प्रतिबन्ध लगाइएको छ । त्यस्तै दिउँसोको समयमा पनि धेरै व्यक्ति भेला हुन नपाउने नियम बनाइएको छ। यहाँ प्रत्येक दिन ओमिक्रोनका संक्रमितहरू देखिने क्रम बढेको छ। साथै पछिल्लो समयमा डेल्टा भेरियन्टको संक्रमण पनि बढ्दो देखिएको बताइएको छ।

सिन्हा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *