प्रहरीका दुई डाक्टर डिआजीमा बढुवा

काठमाडौँ, ८ पुस । गृह मन्त्रालयको बढुवा समितिले नेपाल प्रहरीमा कार्यरत दुई जना चिकित्सकलाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ ।

नेपाल प्रहरीको प्राविधिक प्रहरी समूहतर्फ कार्यरत दुई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ।

प्रहरीको बढुवा समितिको बुधबार बसेको बैठकले नेपाल प्रहरीमा प्राविधिक समूह, स्वास्थ्य उपसमूहमा एसएसपीद्वय डा सञ्जयविक्रम श्रेष्ठ र डा गोपेशकुमार ठाकुरलाई डिआइजी पदमा बढुवाका लागि सिफारिस गरेको हो। उनीहरु दुबै जना नेपाल प्रहरी अस्पतालमा कार्यरत छन्।

डा श्रेष्ठ र ठाकुरलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव समेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले उल्लेख गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *