राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि आवेदन खुल्यो

356
Shares

काठमाडौँ, ७ पुस । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्रतिस्पर्धा गर्नका लागि आवेदन खुलेको छ ।

प्रतिष्ठानको उपकुलपति पदमा नाम सिफारिस गर्न गठित सिफारिस समितिले प्रतिष्ठानको उपकुलपति नियुक्ति सम्वन्धी कार्यविधि २०७८ बमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिलाई आवेदन दिन भनेको छ ।

समितिले आवेदन दिने म्याद अवको ७ दिन रहेको उल्लेख गरेको छ ।

प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले गत सोमबार प्रतिष्ठानका सहकुलपति रहेका स्वास्थ्य मन्त्री विरोध खतिवडाको अध्यक्षतामा नाम सिफारिस समिति गठन गरेका थिए । सो समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला र स्वास्थ्य सचिव डा रोशन पोखरेल सदस्य रहेका छन् ।

प्रतिष्ठानकी उपकुलपति प्राडा संगिता भण्डारीको पदावधी गत मंसिरको अन्तिममा सकिएको थियो ।

समितिले आज जारी गरेको सूचना यस्तो छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *