चौबिस घण्टामा थप २२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

64
Shares

काठमाडौँ, ५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ७२५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २१८ र १ हजार ४१६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २ जनाको गरी कुल ४ हजार १४१ परीक्षण गर्दा २२० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ जना गरी उपत्यकामा १२९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेका छन् । आइसीयूमा १०९ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *