चौबिस घण्टामा थप २२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौँ, ५ पुस । पछिल्लो चौबिस घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा थप २६३ जना संक्रमणमुक्त भएका छन् । आज थप १ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ७२५ जनाको पीसीआर बिधीबाट परीक्षण गर्दा २१८ र १ हजार ४१६ जनाको एन्टीजेन बिधिबाट परीक्षण गर्दा २ जनाको गरी कुल ४ हजार १४१ परीक्षण गर्दा २२० जनाको पोजेटिभ आएको हो ।

त्यस्तै काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ८९, भक्तपुरमा ७ र ललितपुरमा ३३ जना गरी उपत्यकामा १२९ जना थपिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२५ रहेका छन् । आइसीयूमा १०९ जना भेन्टीलेटरमा २७ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *