स्वास्थ्यका चार जना चिकित्सक एघारौँ तहमा बढुवा

3.9k
Shares

काठमाडौँ, १६ मंसिर । स्वास्थ्यका चार जना चिकित्सक एघारौँ तहमा बढुवा भएका छन् । लोकसेवा आयोगले लिएको परीक्षामा आन्तरिक, खुला र आरक्षण समूहबाट प्रतिस्पर्धा गरी उनीहरु एघारौँ तहमा बढुवा भएका हुन् ।

आयोगका अनुसार पेडियाट्रिक्स समूहका प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन (एघारौँ तह)मा आन्तरिक प्रतिस्पर्धा मार्फत डा युवानिधि बसौला बढुवा भएका छन् ।

यस्तै सर्जरी समूह अन्तरगर्त प्रमुख कन्सल्टेण्ट प्लाष्टिक सर्जन पदमा खुल्ला प्रतिस्पर्धामार्फत डा अपार लामिछाने बढुवा भएका छन् ।

यता मेडिसिन समूह अन्तरगर्तको प्रमुख कन्सल्टेण्ट न्यूरोलोजिष्ट पदमा खुल्ला तर्फबाट प्रतिस्पर्धा गर्दै डा सञ्जिवकुमार साह एघारौँ तहमा बढुवा भएका छन् ।

यस्तै मेडिसिन समूह अन्तरगर्तको प्रमुख कन्सल्टेण्ट जनरल फिजिसियन पद आदिवासी जनजाती तर्फबाट डा प्रज्वल श्रेष्ठ एघारौं तहमा बढुवा भएका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *