डा. रुद्र मरासिनी बने व्यवस्थापन महाशाखाको निर्देशक

काठमाडौँ, १५ मंसिर । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा रुद्र मरासिनीले पाएका छन् । स्वास्थ्य मन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा मरासिनीलाई व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् ।
डा मरासिनीले आजै विभाग पुगेर आफ्नो महाशाखाको जिम्मेवारी सम्हाली सकेका छन् ।
यसअघि व्यवस्थापन महाशाखाका निर्देशक रहेका डा भीमसिंह तिंकरी बाह्रौँ तहमा बढुवा भएपछि त्यहाँ पद खाली थियो । सोही खाली पदमा डा मरासिनीलाई लगिएको हो ।
स्वास्थ्य सेवा समूहका एघारौँ तहका डा मरासिनी यसअघि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत थिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



