मेडिकल काउन्सिलको निर्वाचन काठमाडौँ उपत्यकामा आज र भोली मतदान

200
Shares

काठमाडौँ, १० मंसिर । नेपाल मेडिकल काउन्सिलको दोस्रो चरणको निर्वाचन अन्तर्गत आज र भोलि काठमाडौँ उपत्यका र धुलिखेलमा मतदान हुँदैछ। पहिलो चरण अन्तरगर्त उपत्यकाबाहिर गत ३ र ४ मंसिरमा मतदान भइसकेको छ ।

काउन्सिल निर्वाचन समितिका अनुसार आज काभ्रेको धुलिखेल अस्पताल र काठमाडौं उपत्यकाको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतदान हुँदैछ ।

भोली भने धुलेखेल बाहेक उपत्यकाको दुई केन्द्रमा मात्रै मतदान हुने बताइएको छ ।

एक उपाध्यक्ष र आठ सदस्य पदका लागि कुल ३५ जना चिकित्सकले उम्मेद्धारी दिएका छन् । त्यसमा तीन जना उपाध्यक्ष र ३२ जना सदस्यको उम्मेद्धारी परेको छ ।

यसअघि उपत्यका बाहिर १८ स्थानमा भएको मतदानमा पाँच हजार मत खसेको छ।

मतदान विहान १० देखि अपरान्ह ४ बजेसम्म हुने जनाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *