क्यानडाले ५ देखि १२ बर्ष उमेर समूहका बालबालिकालाई दिने भयो फाइजर खोप

एजेन्सी । क्यानडा सरकारले ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरुलाई फाइजर खोप दिने निर्णय गरेको छ । कोरोनाबाट बालबालिकाहरुलाई जोगाउन सरकारले यस्तो निर्णय गरको हो ।  यसअघि त्यहाँ १२ देखि १५ बर्ष उमेर समूहका बालबालिकालाई पनि यो खोप दिइएको थियो ।

पछिल्लो पटक ५ देखि ११ बर्ष उमेर समूहमा गरिएको फाइजर खोपको क्लिनिकल ट्रायलमा पनि युवा तथा प्रौडमा जस्तै ९० प्रतिशत प्रभावकारी देखिएपछि सरकारले यस्तो निर्णय लिएको अधिकारीहरुले बताएका छन् ।

स्वास्थ्य विभागका अनुसार खोप ५ देखि ११ बर्ष उमेर समूहका बालबालिकाहरुलाई ८ साताको अन्तरमा दुई डोज दिइने छ । यो खोप बयस्कहरुलाई ३० एमसीजी दिइने गरिएको छ तर बालबालिकाहरुमा १० एमसीजी मात्रै दिइने भनिएको छ ।

क्यानडामा करीव ७५ प्रतिशत जनता पूर्णरुपमा खोप लिइसकेका छन् । यसमा १२ बर्ष माथिका ८४ प्रतिशत रहेका छन् ।

क्यानडा मात्रै होइन अमेरिका तथा इजरायलले पनि बच्चाका लागि फाइजर खोप अनुमति दिएको छ ।

चीन यूएई, कम्बोडिया तथा कोलम्बियाले पनि बच्चाहरुमा खोप लगाएको छ । तर त्यहाँ चिनियाँ खोप दिईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *