सरोगेसी मार्फत जुम्ल्याहा सन्तानकी आमा बनिन् प्रिती जिन्टा

एजेन्सी । बलिउड अभिनेत्री प्रिती जिन्टा आमा बनेकी छिन्। प्रिती सरोगेसी विधिबाट जुम्ल्याहा सन्तानकी आमा बनेकी हुन्।

उनले आफू सरोगेसीमार्फत दुई सन्तानको आमा बनेको ट्वीटर इन्स्टाग्राममार्फत मार्फत जानकारी दिएकी हुन्।

श्रीमानसँगको एक फोटो सेयर गर्दैँ जीवनको नयाँ अध्यायका लागि आफू निकै उत्साहित रहेको उनले उल्लेख गरेकी छिन्।

‘आज म तपाईंहरुलाई हाम्रो खुसीको खबर सुनाउन चाहन्छु।  म र जिन असाध्यै धेरै खुसी छौं। हाम्रो घरमा जुम्ल्याहा बच्चा जे जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफले जन्म लिएका छन्’ उनले लेखेकी छिन्।

प्रिती जिन्टाले सन् २०१६ आफूभन्दा दश वर्ष कान्छा अमेरिकन नागरिक जेन गुडइनफसँग विवहा गरेकी थिइन्। सन् १९९८ मा फिल्म ुदिल सेु मार्फत प्रितीले बलिउडमा डेब्यु गरेकी थिइन्।

रोचककुरा के छ भने ठ्याक्कै वीस वर्ष अघि अर्थात सन् २००१ मा खेलेको बलिउड फिल्म चोरी चोरी चुपके चुपके मा प्रिती सरोगेट मदरको भूमिकामा देखिएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *