श्रीलंकामा दुई मिनेटको अन्तरमा एक महिलाले जन्माइन ६ शिशु

कोलम्बो, १० कात्तिक । श्रीलंकामा एक महिलाले एक साथ छ बच्चा जन्माएकी छन् । गत विहीबार कोलम्बोस्थित नाइनवेल्स अस्पतालमा ३१ वर्षीया महिलाले दुई मिनेटको अवधीमा तीन छोरा र तीन छोरीलाई जन्माएकी हुन् ।

अस्पतालका अनुसार सिजेरियन सेक्सन (शल्यक्रिया) गरी जन्मिएका छ बच्चा मध्ये एक जनाको तौल १.६ केजी रहेको छ । जो सबैभन्दा बढी हो । दुई जनाको तौल ८३० ग्राम रहेको छ । जो सबैभन्दा कम हो ।

अस्पतालले छ जना शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेको छ ।

अस्पतालका निर्देशक डा विवश विजयरत्नेले देशमै पहिलो र दुर्लभ केश आफूहरुले सफलतापूर्वक सम्पन्न गरेको बताए । उनले आफ्नो अस्पतालको मात्रै नभई देशकै सफलता भएको प्रतिक्रिया दिए । उनले सुत्केरी भएका बेला महिला ३१ हप्ताको गर्भवती भएको भन्दै यो पनि एक विश्वरेकर्ड रहेको प्रतिक्रिया दिए ।

सिजरियन सेक्सन गरेको एक घण्टापछि आफूले छ सन्तानलाई देख्न पाएको ती महिलाका श्रीमान प्रभात उदायंगाले बताए । उनले यति सहज ढंगबाट देख्न पाउँछु भन्ने नलागेको समेत प्रतिक्रिया दिए ।

चिकित्सकहरुले सुत्केरी गराउन ६० मिनेट लागेको बताए । यो कार्यका लागि ४० जना खटिएको समेत प्रतिक्रिया दिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *