नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य नर्भिक अस्पतालबाट डिस्चार्ज

116
Shares

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्यमा सुधार आएपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी एक साता अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

दमको समस्या बल्झिएपछि उनलाई परिवारले गत ३१ असोजमा नर्भिक अस्पताल पुर्‍याएका थिए ।

७५ बर्षीय बैद्यलाई बेला बेलामा निमोनिया तथा दमले सताउने गरेको छ ।

यसपटक पनि सोही समस्या बल्झिएपछि अस्पताल लगिएको हो । ‘तर, अहिले भने सुधार भएको छ । चिकित्सकले घर जान सक्नुहुन्छ भन्दै डिस्चार्ज गरिदिनु भयो । अव हामी घर फर्कदैछौँ,’ पारिवारिक श्रोतले भन्यो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *