नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य नर्भिक अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ७ कात्तिक । स्वास्थ्यमा सुधार आएपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी एक साता अघि नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

दमको समस्या बल्झिएपछि उनलाई परिवारले गत ३१ असोजमा नर्भिक अस्पताल पुर्‍याएका थिए ।

७५ बर्षीय बैद्यलाई बेला बेलामा निमोनिया तथा दमले सताउने गरेको छ ।

यसपटक पनि सोही समस्या बल्झिएपछि अस्पताल लगिएको हो । ‘तर, अहिले भने सुधार भएको छ । चिकित्सकले घर जान सक्नुहुन्छ भन्दै डिस्चार्ज गरिदिनु भयो । अव हामी घर फर्कदैछौँ,’ पारिवारिक श्रोतले भन्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *