बाग्मतीको स्वास्थ्य प्रमुखहरु परिवर्तन, काठमाडौँ उपत्यकाका तीनवटै स्वास्थ्य कार्यालयका प्रमुखहरु फेरिए

9.6k
Shares

काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बागमती प्रदेशले जिल्लास्थित स्वास्थ्य कार्यालय र प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुखहरु परिवर्तन गरेको छ ।

मन्त्रालयले स्वास्थ्य कार्यालय काठमाडौँको प्रमुखमा बरिष्ठ जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेलाई पठाएको छ । एघारौँ तह प्रमुख रहने त्यहाँको प्रमुख पदमा दशौँ तहका काफ्लेलाई निमित्त प्रमुखको रुपमा जिम्मेवारी दिएको हो । काफ्ले यसअघि बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको नीति योजना शाखा प्रमुखको रुपमा कार्यरत थिए । उनको ठाँउमा स्वास्थ्य कार्यालय चितवनमा रहेका दीपक तिवारीलाई पठाइएको छ ।

यस्तै स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलाल बागमतीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेटौडाँमा तानिएको छ । उनको ठाँउमा सतिश विष्टलाई पठाइएको छ । यस्तै बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुखमा नुवाकोटका प्रमुख सागर घिमिरेलाई पठाइएको छ । नुवाकोटमा स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारलाई पठाइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *