नवनियुक्त स्वास्थ्यमन्त्री खतिवडाद्धारा पदभार ग्रहण

664
Shares


काठमाडौँ, २२ असोज । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले पदभार ग्रहण गरेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका खतिवडाले शीतलनिवासमा सपथ लिएपछि शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण संगै मन्त्री खतिवडाले नेपाललाई कोरोनामुक्त बनाउने साथै अनियमितता र भ्रष्टाचार नियन्त्रणमा आफू केन्द्रित रहेर काम गर्ने  बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *