भारतमा सक्रिय संक्रमितहरुको संख्या झण्डै सात महिना पछिकै सबैभन्दा थोरै

नयाँ दिल्ली, २० असोज । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भई अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या झण्डै सात महिना पछिकै कम देखिएको छ । अधिकारीहरुले बुधबार विहान दिएको जानकारीअनुसार भारतमा अहिले दुई लाख ४६ हजार ६८७ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् ।

सङ्ख्या २०३ दिनपछिकै सवैभन्दा कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा पछिल्लो एक दिनमा २४ हजार ७७० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा १८ हजार ८३३ जना नयाँ सङ्क्रमितहरु थपिएका छन् ।

नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या कम हुदै गएको हो । भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ३१ लाख ७५ हजार ६५६ पुगेको छ ।

भारतको चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिलेसम्म ५७ करोड ६८ लाख तीन हजार ८६७ जनाको कोरोना परीक्षण गरिएको छ । ती मध्ये १४ लाख नौ हजार ८२५ जनाको हिजो मंगलबार परीक्षण गरिएको हो । भारतमा पछिल्लो समयमा सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा सवैभन्दा धेरै एक लाखभन्दा बढी देखिदै आएको छ । केरलामा अहिलेपनि एक लाख २५ हजार ३० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

त्यसैगरी महाराष्ट्रमा ३६ हजार ७४४ जना सक्रिय सङ्क्रमितहरु रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा यसअघि सक्रिय सङ्क्रमितहरुको सङ्ख्या लामो समयसम्म सवैभन्दा धेरै रहेको थियो ।

एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *