एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्डमा देशव्यापी लकडाउनको घोषणा

काठमाडौँ, २ भदौ । एक जना व्यक्तिमा कोरोना संक्रमण देखिएपछि न्युजिल्याण्डले देशव्यापी लकडाउनको घोषणा गरेको छ । देशमा ६ महिना यता पहिलो पटक एक जना ५८ बर्षिय पुरुषमा संक्रमण देखिएपछि लकडाउनको घोषणा गरेको हो ।

यो लकडाउन कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक साताको लागि र अन्य स्थानमा तीन दिनका लागि तोकिएको छ ।

न्युजिल्याण्डका अधिकारीहरुले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्युजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको पूर्ण खोप  लगाएका छन् ।

अहिले न्युजिल्याण्डमा भेटिएका संक्रमितले भ्रमण गरेको कोरोनामान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ ।

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा स्कुल, कलेज, सबै व्यापार व्यावसाय, यातायात, सरकारी कार्यालय बन्द हुने बताएकी छन् । उनले देशमा अत्यावश्यक सेवा मात्रै सञ्चालन हुने स्पष्ट पारेकी छन् । उनले यो परिस्थितिका लागि यसअघि नै तयार रहेको बीबीसीले उल्लेख गरेको छ ।

अधिकारीहरुले संक्रमितमा देखिएको संक्रमण डेल्टा भेरियन्ट हुन सक्ने भएकाले कडा कदम चालिएको बताएका छन् । न्युजिल्याण्ड कोरोना संक्रमणलाई सफलतापूर्वक नियन्त्रणमा सफल भएको मुलुक हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *