वाग्मती प्रदेशमा ११ लाखले पाए पूर्ण खोप

108
Shares

वाग्मती, ३१ साउन । वाग्मती प्रदेशमा कोरोना भाइरस सङ्क्रमणविरुद्धको पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या हालसम्म १० लाख ८२ हजार ३९० रहेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो । प्रदेशमा रहेका १८ वर्ष माथिको जनसङ्ख्यामध्येमा १९ प्रतिशत नागरिकले पूर्ण खोप लगाएका छन् ।

सरकारले खोप उपलब्धता पर्याप्त गराएसँगै कोभिसिल्ड वा भेरोसेल खोपमध्ये कुनै खोपका दुवै डोज र जोनसेन गरी पूर्ण खोप लगाउने नागरिकको सङ्ख्या सो रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी १८ वर्ष भन्दामाथिका व्यक्तिले कुनै एउटा खोपको पहिलो मात्रा खोप लगाएका नागरिकको सङ्ख्या आठ लाख ४७ हजार २०२ रहेको छ ।

रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *