चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने

बेइजिङ, २२ साउन । चीनले यसै वर्षभित्रमा विश्वका विभिन्न देशलाई कम्तीमा पनि दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग दिने भएको छ ।

त्यसैगरी चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ । चीनका राष्ट्रपति सि जिनपिङले यो कुरा बताएका छन् । उनले यसै वर्षको अन्त्यसम्ममा चीनले विश्वका खाँचो परेका देशहरुलाई कम्तीमा पनि दुई अर्ब डोज खोप दिने बताएका हुन् ।

त्यसैगरी राष्ट्रपति जिनपिङले आगामी दिनमा कोभिड विरुद्धको खोपको खाँचो हुने धेरै देश हुने भएकाले ती देशलाई यो खोप उपलब्ध गराउने बताए । कोभिड–१९ को अप्रेसन फोरमको बिहीबारको बैठकमा राष्ट्रपति सि जिनपिङले यो सन्देश पठाएको हो । उनले पठाएको लिखित सन्देशमा सो कुराको जानकारी गराइएको छ ।

राष्ट्रपति सि जिनपिङले कोभ्याक्सअन्तर्गत दिइएको एक करोड अमेरिकी डलर बराबरको आर्थिक सहयोगबाट किनिएको खोप विश्वका विकासशील देशहरुका लागि उपलब्ध गराइने जानकारी पनि उनले दिएका छन् । राष्ट्रपति जिनपिङले चीनले कोभिड–१९ का विरुद्धमा विश्व समुदायलाई एकत्रित गर्ने काममा चीनले भूमिका निर्वाह गर्ने पनि जानकारी दिएका छन् ।

उनले विश्व यो महामारीबाट आक्रान्त भएकाले यसका विरुद्धमा विश्व नै एक भएर लड्नुपर्ने भन्दै चीन महामारी विरुद्ध विश्व समुदायलाई एकै स्थानबाट लड्ने वातावरण सिर्जना गर्ने काममा लागेको पनि बताएका छन् ।

सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *